ad ad

समाज


म्याग्दीमा ट्रक पल्टिँदा दुईजनाको मृत्यु

म्याग्दीमा ट्रक पल्टिँदा दुईजनाको मृत्यु

नेपालखबर
बैशाख २८, २०७९ बुधबार ८:५९, म्याग्दी

मंगलबार साँझ म्याग्दीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

अन्नपुर्ण गाउँपालिका ४ नारच्याङ छोटेपामा ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना चालक मकवानपुर घर भएका ३४ वर्षीय सन्त बहादुर तितुङ र ट्रक धनी म्याग्दीको अन्नपुर्ण १ दोवाका ४३ वर्षीय खुम बहादुर रामजालीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा म्याग्दीकै बेनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

ट्रक सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .