ad ad

समाज


प्रशासनसँग सहमतिपछि परियारको अन्त्येष्टि

प्रशासनसँग सहमतिपछि परियारको अन्त्येष्टि

नेपालखबर
बैशाख २८, २०७९ बुधबार ९:२९, चितवन

चितवनमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको अन्त्येष्टि गरिएको छ।

स्थानीय प्रशासन र पीडित पक्षबीच सहमति भएपछि मंगलबार परियारको साँझ अन्त्येष्टि गरिएको हो।

चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पीडितलाई राहतका लागि गृह मन्त्रालय लेखी पठाउने, शवको व्यवस्थापन गर्ने, अभियुक्तको यथाशीघ्र खोजी गर्ने र घटनापछि भएका क्रियाकलाप नियन्त्रण गर्ने सहमति भएको हो। 

बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठको उपस्थितिमा सहमति भएको हो। श्रेष्ठले राहत तत्काल दिलाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूले कुराकानी गरेको बताए। 

कांग्रेस चितवनले हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न र मृतकलाई सहिद घोषणा गर्न माग गरेको छ। प्रहरीले भने हत्यामा संलग्नको पहिचान भइसकेकोर खोजी जारी रहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .