ad ad

समाज


खातामा रकम नभएको चेक दिएर साढे १७ लाख ठगी

खातामा रकम नभएको चेक दिएर साढे १७ लाख ठगी

नेपालखबर
बैशाख २९, २०७९ बिहिबार १६:०, काठमाडौँ

बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा चेक दिएर १७ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–७ घर भई हाल काठमाडौं नयाँबानेश्वर बस्ने वर्ष ३८ का रामहरि अधिकारी रहेका छन्।

उनले स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेड नयाँबानेश्वर शाखामा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी चेक दिएका थिए।

सो चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसुरका २ थान मुद्दामा यही वैशाख ४ गते फैसला गर्दै उनलाई पाँच दिन कैद र १७ लाख ४२ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। 

फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले बिहीबार शान्तिनगर,काठमाडौंबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .