ad ad

समाज


चुनावमा अवरोध गर्नेलाई कारबाही गर्न देशैभर सर्कुलर

चुनावमा अवरोध गर्नेलाई कारबाही गर्न देशैभर सर्कुलर

फाइल फोटो


नेपालखबर
जेठ ४, २०७९ बुधबार १४:२१, काठमाडौँ

स्थानीय तहको निर्वाचनमा अवरोध गर्नेलाई कारबाही गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएको छ। 

गृह मन्त्रालयले सबै जिल्ला प्रहरी कार्यालयलाई सर्कुलर गर्दै मतदान र मत गणनाका क्रममा भएका सबैखाले गैरकानुनी गतिविधि गर्नेलाई कारबाही गर्न निर्देशन दिएको हो। 

निर्वाचन आयोगले मंगलबार यस्ता गतिविधि गर्नेलाई कारबाही गर्न गृह मन्त्रालय मार्फत पत्र पठाउने निर्णय गरेको थियो। 

सर्कुलरमा निर्वाचनको क्रममा देशका विभिन्न मतदान केन्द्रहरुमा राजनीतिक दल, दलका प्रतिनिधि, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि एवम् मतदानस्थलमा प्रवेश गरेका विभिन्न व्यक्तिहरुले अनावश्यक वादविवाद गर्ने, मतदानमा अवरोध सिर्जना गर्ने, मतपेटिका खोस्ने, मतपेटीका तथा मतपत्र नष्ट गर्ने, मतदातालाई मतदानबाट बञ्चित गर्नेलाई कारबाही गर्न भनिएको छ। 

हुलदंगा सिर्जना गर्ने, ढुंगामुढा गरी असामान्य स्थिति सिर्जना गर्ने, हातहतियारसहित मतदान केन्द्रमा प्रवेश गर्ने, मतदान केन्द्रको अनाधिकृत कब्जा गरी एक पक्षीय रुपमा मतदान गर्ने जस्ता निर्वाचन सम्बन्धि कसुरजन्य कार्यहरुमा संलग्न भएका व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन भनिएको छ। 

मतगणना कार्यमा यी कसुरमा संलग्न हुने व्यक्तिहरुलाई पनि निर्वाचन कसुर तथा सजाय ऐन २०७३ बमोजिम कारबाही गर्न गृह मन्त्रालयमार्फत ७७ जिल्लाकै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो। 

कारबाही गरिएको जानकाी प्रहरी प्रधान कार्यालयलाई दिन पनि भनिएको छ। वैशाख ३० गते १७ जिल्लाका ८५ मतदान केन्द्रमा मतदान स्थगित भएको थियो। 

रोकिएका मतदान केन्द्रमा पछि निर्वाचन भइरहेको छ। केहीमा अझै मतदानको मिति तय भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .