नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पैसा नभएको बैंक खाताको चेक काटी दोषी ठहर भएका एक जनालाई पक्राउ गरेको छ।
मुक्तिनाथ विकास बैंकको महाराजगन्ज शाखाको आफ्नो खातामा पैसा नभए पनि झुक्याएर पीडितलाई ब्ल्यान्क चेक काटेका गोरखा सिरानचोक ४ का प्रकाश रेग्मी पक्राउ परेका हुन्।
उनलाई चेकको रकम भुक्तानी हुन नसकेको पीडितको उजुरीसम्बन्धी बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत चैत २२ गते १ दिन कैद र ९ लाख जरिवाना गर्ने ठहर गरेको हो। रेग्मीले ०७६ कात्तिक १० मा खाली चेक काटिदिएका थिए।
उनलाई ५ गते सीईआबीको टोलीले बूढानीलकण्ठबाट पक्राउ गरेको हो।
120
Shares
प्रतिक्रिया