सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित कोशी ब्यारेजबाट सशस्त्र प्रहरीले १ थान आधुनिक पेस्तोल सहित १ जनालाई पक्राउ गरेको छ।
बिहीबार दिउँसो नम्बर ६ गण, सप्तरी र भारदह स्थित सुरक्षा बेशले सोही नगरपालिका वडा नं. १ बस्ने वर्ष २४ को रन्जित मण्डललाई ब्राउनिङ पेस्तोल १ थान र सोको ६ राउन्ड गोलीसहित नियन्त्रणमा लिएको हो।
मण्डललाई आवश्यक कारबाहीका लागि आजै जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको सशस्त्रले जनाएको छ।
18
Shares
प्रतिक्रिया