ad ad

समाज


नवनिर्वाचित मेयरको निर्देशन : दलमा लागेका शिक्षकहरुले सात दिनभित्र राजीनामा दिनू

नवनिर्वाचित मेयरको निर्देशन : दलमा लागेका शिक्षकहरुले सात दिनभित्र राजीनामा दिनू

नेपालखबर
जेठ ११, २०७९ बुधबार ११:१३, काठमाडौँ

बर्दियाको राजापुर नगरपालिकाले राजनीतिक दलमा आवद्ध सामुदायिक विद्यालयका शिक्षकहरुलाई राजीनामा दिन निर्देशन दिएको छ। 

नवनिर्वाचित नगर प्रमुख दिपेश थारूले सामुदायिक विद्यालयहरुलाई पत्र काटेर राजनीतिक दलको कार्यकारीणी पदमा रहेका शिक्षकहरुलाई राजीनामा गर्न लगाउन निर्देशन दिएका हुन्। 

उनले दलको कार्यकारीणी पदमा रहेका शिक्षकहरुको राजीनामाको विवरण सात दिनभित्र नगरपालिकामा बुझाउन पनि भनेका छन्। 

‘शिक्षा ऐन २०२८ (संशोधनसहित) को दफा १६ (ङ) को उपदफा ५ को (छ) मा उल्लेखित व्यवस्था उल्लंघन गरी विभिन्न राजनीतिक दलमा संलग्न रही सक्रिय रुपमा राजनीतिक दलको कार्यकारीणी पदमा रही विद्यालयको पठनपाठन प्रभावित हुने गरी आचरण विपरित गर्ने यस राजापुर नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण सात दिनभित्र यस कार्यालयमा पेश गर्न हुन जानकारी गरिन्छ,’ पत्रमा भनिएको छ। 

नगर प्रमुख थारूले राजनीतिक दलका विभिन्न तहका कार्यसमितिमा रहेका सामुदायिक विद्यालयका शिक्षकलाई राजनीति र शिक्षण पेसामध्ये कुनै एक छनौट गर्न उक्त निर्देशन दिइएको प्रतिक्रिया दिएका छन्। 

‘शिक्षकहरु प्रत्यक्ष राजनीतिमा लाग्नुभएको छ। पार्टीका जिल्ला कमिटी, क्षेत्रीय कमिटी, नगर कमिटीदेखि क्षेत्रीय प्रतिनिधिसमेत हुनुहुन्छ,’ उनले नेपालखबरसँग भने, ‘राजनीति गर्ने हो, दलमै आवद्ध रहने हो भने पेशाबाट राजीनामा दिनै पर्छ। नत्र पार्टीको सक्रियता छोडेर पेशा रोज्नुस् भनेका हौँ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .