ad ad

समाज


रेनु दाहाल चढेकाे गाडी दुर्घटना, सुमेरु अस्पतालमा भर्ना

रेनु दाहाल चढेकाे गाडी दुर्घटना, सुमेरु अस्पतालमा भर्ना

नेपालखबर
जेठ १३, २०७९ शुक्रबार १५:४५, काठमाडौँ

भरतपुर महानगरपालिकाका नवनिर्वाचित मेयर रेनु दाहाल अस्पताल भर्ना भएकी छन्।

शुक्रबार दिउँसो गाडी दुर्घटना हुँदा घाइते भएकी उनलाई ललितपुरकाे पुल्चाेकस्थित सुमेरु  सिटी अस्पताल भर्ना गरिएकाे हाे।

उनको टाउकोमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ।

अहिले उनको टाउकोको सिटी स्क्यान गरिएको र रिपोर्ट आउन बाँकी छ।

प्रहरी स्रोतका अनुसार उनी चढेको प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरकाे गाडी जावलाखेलकाे स्टाफ कलेज नजिकै बिजुलीकाे पाेलमा ठाेक्किएर दुर्घटना हुँदा उनी घाइते भएकी हुन्।

उनको टाउकोमा चोट लागेपछि लगत्तै सुमेरु अस्पताल भर्ना गरिएको हो।

दाहालको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

दाहाल चढेकाे गाडी र दुर्घटना भएकाे बिजुलीकाे पाेल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .