ad ad

समाज


चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना छ, सतर्कता अपनाऊँ : मौसमविद्

चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना छ, सतर्कता अपनाऊँ : मौसमविद्

फाइल तस्बिर


नेपालखबर
जेठ १४, २०७९ शनिबार ८:४९, काठमाडौँ

अहिले (शनिबार) देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार पछिल्लो एक घण्टायता गोरखा, तनहुँको बन्दीपुर, भरतपुर विमानस्थल, मकवानपुर, चितवनको रामपुर, काठमाडौं विमानस्थल, र सर्लाहीलगायत क्षेत्रमा वर्षा भइरहेको छ। 

‘काडमाठौं उपत्यकामा पनि अपराह्नपछि मेघगटर्जन/चट्याङसहित वर्षाको सम्भावना छ’, महर्जनले शनिबार बिहान नेपालखबरसँग भनिन्, ‘हावाहुरी पनि आउन सक्छ। 

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वाुनमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत  देशका पहाडी भेगमा आंशिकदेखि  सामान्य बदली  रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का देखिमध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

राति प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली  रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। यस क्रममा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशका थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ  र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश  र लुम्बिनी  प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ  र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोका आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .