ad ad

समाज


आईजीपी विवाद : न्यायाधीश विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा

आईजीपी विवाद : न्यायाधीश विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा

नेपालखबर
जेठ १७, २०७९ मंगलबार १०:४७, काठमाडौँ

प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादबारे रिटको सुनुवाई न्यायाधीश विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा हुने भएको छ। 

आजबाट सुरु हुने अन्तिम सुनुवाईको पेशी गोलाप्रथाबाट न्यायाधीशद्वयको इजलासमा परेको हो। 

गत वैशाख १८ गते सरकारले धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गरेपछि एआईजी विश्वराज पोखरेलले रिट दायर गरेका हुन्। आफू पहिले एआईजी भएकाले आफैं आईजीपी हुनु पर्ने पोखरेलको माग छ। 

यसअघि गत २२ बैशाखमा न्यायाधीश शुष्मातला माथेमाको एकल इजलासले मुद्धाको अन्तिम सुनुवाई १७ गते गर्ने आदेश दिएको थियो। माथेमाको इजलासले लिखित जवाफ माग गर्दै दुवैका कागजात झिकाएको थियो। 

पोखरेलले आफूलाई तत्काल निमित्त दिन र धिरजलाई काम गर्न रोक लगाउन माग गरे पनि सर्वोच्चले त्यसलाई अस्वीकार गरेको थियो। दुवै पक्षले सुनुवाइ सार्न नपाउने गरी सर्वोच्चले आजबाट सुनुवाई सुरु गर्ने भएको हो।

यसअघि सिंहलाई एआईजीमा बढुवा गर्दाको रिट पनि सँगै राखिएको छ। त्यतिबेला तीन डीआईजीले आफूभन्दा जुनियरलाई बढुवा गरिएको भन्दै रिट दायर गरेका थिए।

एआईजीमा बढुवा हुनु पर्ने माग गर्ने तीनैजना डीआईजी अवकाश भइसकेका छन्। डीआईहरु ईश्वरबाबु कार्की, धनश्याम अर्याल र प्रकाशजंग कार्कीले डीआईजी बढुवाविरुद्ध रिट दायर गरेका थिए।

सरकारले बसन्त कुमारपन्त, धिरजप्रताप सिंह र रविन्द्र बहादुर धानुकलाई एआईजीमा बढुवा गरेपछि अन्य तीन डीआईजी सर्वोच्च पुगेका थिए। तर उनीहरु वैशाख १९ गते नै ३० वर्षे सेवा अवधिका कारण अवकाश भइसकेका छन्। एआईजी बनेका पन्त पनि सोही मितिमा अवकाश भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .