ad ad

समाज


कारले मोटरसाइकललाई ठक्कर दिँदा २१ वर्षीय युवकको मृत्यु

कारले मोटरसाइकललाई ठक्कर दिँदा २१ वर्षीय युवकको मृत्यु

नेपालखबर
जेठ १९, २०७९ बिहिबार ९:११, चितवन

चितवनको खैरहनीमा कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

कालिका नगरपालिका वडा नम्बर ४ घर भई हाल खैरहनी नगरपालिका वडा नम्बर ८ बस्ने २१ वर्षीय विश्वास गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका वडा नम्बर ९ सिमलटाँडीमा बुधबार भारतीय कारको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।

लोथरबाट नारायणगढतर्फ आउँदै गरेको जेएच ०१ डिएक्स ७७३९ नम्बरको भारतीय कारले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार चालक प्रहरीको नियन्त्रणमा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .