ad ad

समाज


लालपुर्जा भएको जमिन एसएसबीले नेपालीलाई जोत्न दिने

लालपुर्जा भएको जमिन एसएसबीले नेपालीलाई जोत्न दिने

फाइल तस्बिर


नेपालखबर
जेठ २१, २०७९ शनिबार ८:५२, कञ्चनपुर

भारतीय सीमा सुरक्षा बल एसएसबीले कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटमा नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने भएको छ।

शुक्रबार नेपाल–भारतका सीमा सुरक्षाकर्मीबीच भएको छलफलमा लालपुर्जा भएको जमिन नेपाली नागरिकलाई जोत्न दिने सहमति भएको हो।

दुवै देशका सर्भे टोलीले अनुगमन नगर्दासम्म नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने सहमति भएको सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीका एसपी अमरबहादुर ऐरले जानकारी दिए।

‘सर्भे टोलीले अनुगमन गरेर समस्या सामाधान नगर्दासम्म लालपुर्जा भएका नागरिकलाई जोत्न दिने सहमति भएको छ,’ उनले भने,  ‘अब नेपाली नागरिकले आफ्नो भूमि जोत्न पाउँछन्।’

बुधवार ट्रयाक्टर लगेर खेत जोत्न गएका बेलौरी नगरपालिका–१० का निवर्तमान वडाध्यक्ष हरिलाल चौधरीलाई चलनभोग गर्दै आएको खेत एसएसबीले जोत्न नदिइ फर्काएपछि विवाद उत्पन्न भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .