ad ad

समाज


हाइटेन्सन लाइनमा पुग्यो सेनाको हेलिकोप्टर

हाइटेन्सन लाइनमा पुग्यो सेनाको हेलिकोप्टर

नेपालखबर
जेठ २८, २०७९ शनिबार १८:५२, काठमाडौँ

नुवाकोटको बेलकोटगढी नगरपालिकाका प्रेम बिकको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पुगेको छ। 
ककनी गाउँपालिका वडा नं ७ को हाइटेन्सन लाइनमा चढेका बिकको उद्धारका लागि केहीबेर अघि सेनाको हेलिकोप्टर पुगेको हो। 

स्थानीय जयबहादुर तामाङले बिकको उद्धारका लागि सेनाको हेलिकोप्टर पुगेको जानकारी दिएका छन्। 
ककनी गाउँपालिका वडा नं ७ को हाइटेन्सन लाइनमा चढेका बेलकोटगढी नगरपालिकाका बिक अहिले लिखु गाउँपालिका पुगेका छन्। 
शनिबार बिहान १० बजे पोलमा चढेका उनी तारतारै हिँडिरहेको स्थानीय प्रत्यक्षदर्शी तामाङले नेपालखबरलाई जानकारी दिएका छन्।

 

 

सन्की स्वाभावका व्यक्ति बिहान १० बजे ककनीबाट बिजुुलीको तारमा चढेपछि  नेपाल विद्युत प्राधिकरणले त्रिशुली– ‘३ ए’ को उत्पादन नै बन्द गर्नु परेको छ। विद्युत सप्लाई बन्द हुँदा लाखौं रुपैयाँ घाटा भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइनमा बिजुली सप्लाई गर्दा ती व्यत्तिलाई करेन्ट लागेर मृत्यु हुनसक्ने खतरा रहेकाले विद्युत सप्लाई बन्द गरिएको हो ।

ककनी गाउँपालिका वडा नं ७ को हाइटेन्सन लाइनमा चढेका बेलकोटगढी नगरपालिकाका बिक अहिले तारै तार हिँडेर खोलापारीको लिखु गाउँपालिका पुगेका छन्।

तारमा चढेका व्यक्तिको उद्धार गर्न सेनालाई मन्त्री भुसालको आग्रह

तारैतार हिँडेर ककनीबाट लिखु गाउँपालिका पुगे प्रेम बिक

बिजुली तारमा ‘सन्की’ मान्छे चढेपछि रोकियो ६० मेगावाटको आयोजना

शनिबार बिहान १० बजे पोलमा चढेका उनी तारतारै हिँडिरहेको स्थानीय प्रत्यक्षदर्शी जयबहादुर तामाङले नेपालखबरलाई जानकारी दिए। मानिसहरुले तलबाट अनेक प्रयास गरेर फकाउँदा पनि उनी ओर्लन मानेका छैनन् । बिक ककनी गाउँपालिका वडा नं ७ बाट अहिले पारीपट्टि लिखु गाउँपालिका वडा नं ३ मा पुग्न लागेको तामाङले बताए। उनलाई प्रहरी प्रशासन र स्थानीय बासिन्दाहरु उद्धार गर्न प्रयासरत छन्।

९ घण्टासम्म तारमा हिँडेकाले हात खुट्टा गलेर दुर्घटनामा पर्ने जोखिम पनि बढ्दै गएको छ । तारमा चढेका बिकले दिनभरि पानी समेत खान पाएका छैनन् ।

सन्की व्यक्तिका कारण दिनभरिजसो स्थानीयले मात्र होइन, सिंगै राज्यसत्ताले दुःख पाएको यो नौलो घटना हो । अनेक प्रयास गर्दा पनि उद्धार गर्न नसकिएपछि सेनाको हेलिकोप्टर परिचालन गर्नुपरेको छ । तर, साँझ पर्दै जान थालेकाले उद्धारमा थप कठिनाइ पर्ने सक्ने थप जोखिम बढेको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .