तनहुँको भानु नगरपालिका–२ स्थित चुँदीखोलामा डुबेर दुई जना युवकको मृत्यु भएको छ। खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा उनीहरूको ज्यान गएको हो।
मृत्यु हुनेमा भानु नगरपालिका–२ का ३५ वर्षीय धनबहादुर गुरुङ र सोही ठाउँका २२ वर्षीय सागर गुरुङ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
घटनालगत्तै इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले खोलाबाट शव निकालेका थिए। रासस
18
Shares
प्रतिक्रिया