आज आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ।
योग दिवसका अवसरमा काठमाडौंको सुनधारास्थित धरहरालाई योगसम्बन्धी आकृतिले सजाइएको छ।
नेपालस्थित भारतीय दूतावासले धरहरामा प्रकाशको माध्यमबाट योगसम्बन्धी आकृति प्रस्तुत गरेको हो।
देशैभर योगाभ्यास तथा योगको महत्वबारे प्रवचन गरी आज यो दिवस मनाइएको छ।
यस वर्षको अन्तराष्ट्रिय योग दिवसको नारा ‘मानवताका लागि योग’ रहेको छ।
78
Shares
प्रतिक्रिया