ad ad

समाज


३९ जना सशस्त्र प्रहरी उपरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान

३९ जना सशस्त्र प्रहरी उपरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान

नेपालखबर
असार १६, २०७९ बिहिबार १८:४२, काठमाडौँ

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। 

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बिहीबार आयोजित एक समारोहका बीच बढुवा भएका एसपीहरुलाई उल्लेखित दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को यही असार १३ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका ३७ जना र गृह मन्त्रालय (सचिवस्तरको) असार १४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह, संचार तथा इन्जिनियरिङतर्फका २ जना गरी कूल ३९ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरू सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका हुन्।

समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले पदोन्नति भएका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिँदै दर्जा अनुरुपको प्राप्त जिम्मेवारी पूर्ण व्यावसायिक भई सकारात्मक सोचका साथ इमान्दारिताका साथ निर्वाहमा लाग्न निर्देशन दिए।

उनले संगठन सशस्त्र प्रहरी कर्मचारीहरुको सरुवा बढुवा तथा वृत्तिविकास समय सापेक्ष र वैज्ञानिक ढंगले न्यायोचित हुने गरी पद्धती विकास गर्दै कार्यान्वयनमा लागेको उल्लेख गर्दै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो पेशागत दक्षता अभिबृद्धि गर्दै मातहतका कर्मचारीहरुलाई प्रशिक्षित गर्दै विपद् उद्धार लगायत राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा अझ बढी इमान्दार, वफादार र कटिबद्ध रहँदै परिचालित भई उत्कृष्ट कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गरे।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतका साथै सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .