ad ad

समाज


देशका धेरै स्थानमा वर्षाको सम्भावना, बाढी र पहिरोको खतरा

२४ घण्टाका लागि चेतावनी
देशका धेरै स्थानमा वर्षाको सम्भावना, बाढी र पहिरोको खतरा

फाइल तस्बिर


नेपालखबर
असार १७, २०७९ शुक्रबार ६:३१, काठमाडौँ

केही दिनयता दैनिक वर्षा भइरहेको छ। अहिले (शुक्रबार बिहान) पनि कर्णाली प्रदेशका थोरै स्थान, प्रदेश १ को दक्षिणी क्षेत्रका थोरै स्थान, सुदूरपश्चिम प्रदेशका एक–दुई स्थान, बागमती प्रदेशको मकवानपुरलगायत स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। 

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ र देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

यस्तै राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ का एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। 

काठमाडौं उपत्यकामा वर्षा होला कि नहोला? 
मौसमविद् सजिना शाक्यका अनुसार बागमती प्रदेशअन्तर्गत आज काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना छ।

काठमाडौं उपत्यकामा मध्याह्नपछि हल्कादेखि मध्यसम्म वर्षा हुने सम्भावना रहेको उनले बताइन्। काठमाडौंमा अहिले बिहान भने घाम लागिरहेको छ। ​

माैसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ का एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .