ad ad

समाज


काठमाडौं महानगरभित्र भिक्षा मागे कारबाही

काठमाडौं महानगरभित्र भिक्षा मागे कारबाही

नेपालखबर
असार १७, २०७९ शुक्रबार १०:५६, काठमाडौँ

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र भिक्षा माग्न निषेध गरेको छ।

काठमाडौँ महानगरपालिकाले महानगरपालिकाले आज सार्वजनिक सूचना प्रकाशन गरी काठमाडौं महानगरपालिभित्रका सडक, गल्ली पार्क, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यलय परिसर, सार्वजनिक सवारीसाधन वा अन्य सार्वजनिक स्थानमा भीख माग्न प्रतिबन्ध लगाइएकाे जानकारी दिएको हाे। ​

साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्पराअनुसार घरघरमा पुगी भिक्षा मागेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यका लागि बाहेक अन्य अवस्थामा भिक्षा माग्न निषेध गरिएको सूचनामा उल्लेख छ।

महानगरले सूचना प्रकाशन भएको मितिले १० दिनभित्र सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य गरेमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .