ad ad

समाज


सांसद झपट रावलको प्रस्ताव : नेपाल प्रहरीलाई नै अध्यागमन अधिकार दिऊँ

सांसद झपट रावलको प्रस्ताव : नेपाल प्रहरीलाई नै अध्यागमन अधिकार दिऊँ

नेपालखबर
असार २०, २०७९ सोमबार १६:५२, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद झपटबहादुर रावलले नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्ने बताएका छन्। 

सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले अध्यगमनको कुरा राज्यको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकोले यसको जिम्मेवारी नेपाल प्रहरीलाई नै दिनुपर्ने बताए। 

सांसद रावलले अध्यगमनबारे हतारमा निर्णय लिनुभन्दा गम्भीरताका साथ छलफल गरेर मात्रै विधेयक र नीति निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताए। 

उनले अध्यागमनको जिम्मेवारी निजामति कर्मचारीलाई दिने कुरामा सहमत हुन नसक्ने बताएका छन्। 

‘अध्यागमन निजामति कर्मचारीलाई भन्दा पनि नेपाल प्रहरीलाई नै यो सबै जिम्मेवारी दिनुपर्छ। यो राज्यको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो', उनले भने, 'त्यसैले यसलाई हामीले गम्भीरताका साथ लिनुपर्छ। अध्यागमन भनेको आफैँमा सुरक्षा हो। अध्यागमनलाई नेपाल प्रहरी वा अन्य सुरक्षा निकाय अन्तर्गत राख्ने गरेर जानुपर्छ।’

सांसद रावलले अध्यागमनलाई नेपाल प्रहरी वा अन्य सुरक्षा निकाय अन्तर्गत राख्ने गरेर जानुपर्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .