ad ad

समाज


बिहीबारसम्म वर्षा नरोकिने, होसियारी अपनाउन सुझाव

बिहीबारसम्म वर्षा नरोकिने, होसियारी अपनाउन सुझाव

नेपालखबर
असार २१, २०७९ मंगलबार ६:५५, काठमाडौँ

दैनिक वर्षा हुने क्रम जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले आज (मंगलबार) बिहान साढे ६ बजे दिएको जानकारीाअनुसार अहिले पनि लुम्बनी र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। ‘राति मध्यम वर्षा भएको थियो, अहिले हल्का वर्षा मात्र भइरहेको छ’, उनले भने। 

मौसमविद् श्रेष्ठका अनुसार आज सुदूरपश्चिम र गण्डकी प्रदेशमा भारी (५० मिलिमिटरभन्दा माथि) वर्षा हुने सम्भावना छ भने देशका अन्य स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ। 

काठमाडौंमा के होला? 
मौसमविद् समीर श्रेष्ठका अनुसार अहिले बिहान काठमाडौं उपत्यकाको मौसम बदली छ। ‘कतै कतै पानी परिरहेको पनि हुनसक्छ’, उनले मंगलबार बिहान नेपालखबरसँग भने, ‘दिउँसो हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।’

मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

त्यसमा भनिएको छ : देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

मौसमविद् श्रेष्ठका अनुसार कम्तीमा तीन दिन दैनिक वर्षा हुने क्रम जारी रहनेछ। ​

हेर्नुहोस् मौसम महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको तीन दिनसम्मको वर्षा सम्भावना–

असार २१ गते मंगलबार
दिउँसो  : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।  देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। 

राती : प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। ​​

असार २२ गते बुधबार
दिउँसो : देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ। 

राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।​

असार २३ गते बिहीबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।​

राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .