न्याय माग गरेर आत्मदाहको प्रयास गरेकी निहारिका राजपुत टिचिङ अस्पतालको मानसिक वार्डमा भर्ना भएकी छन्।
मनोवैज्ञानिक उपचारका लागि उनलाई मानसिक वार्डमा राखिएको हो। उनको स्वाथ्य अवस्था अहिले सामान्य रहेको र बोल्न सक्ने अवस्थामा रहेको महिला अधिकारकर्मी जस्मिन ओझाले जानकारी दिइन्।
‘उनलाई टिचिङ अस्पतालको मानसिक वार्डमा भर्ना गरिएको छ। बोल्न सक्ने र स्वास्थ्य अवस्था ठिक रहेको छ । तर पानी नखाएको आज नौ दिन बितिसक्यो। सलाइन चढाएको हुनाले स्वाथ्य अवस्था सामान्य रहेको छ,’ उनले भनिन्।
पेट्रोल छर्केपछि उनको शरीरका केही भागमा पोलेको र खुट्टा सामान्य चोट देखिएको छ।
शनिबार दिउँसो उनलाई भेट्न काठमाडौँ महानगरका मेयर बालेन शाह पुगेका थिए। शाहले आफूले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन्। निहारिकाले आफूलार्ई न्यायबाहेक केही नचाहिएको बताएकी थिइन्।
प्रतिक्रिया