काठमाडौँको थापथली पुलबाट बागमती नदीमा हाम फालेकी एक महिलाको उद्धार गरिएको छ।
शनिबार अपराह्न चार बजे ती महिला नदीमा हाम फालेकी थिइन्। उद्धारपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको कुपण्डोल प्रहरी चौकीका जवान अनिल चौधरीले जानकारी दिए।
उनी घाइते अवस्थामा रहेको चौधरीले बताए।
ती महिला को हुन् र किन हाम फालिन् भन्ने खुलिनसकेको उनले बताए।
साउन २८, २०७९, शनिबार
192
Shares
प्रतिक्रिया