ad ad

समाज


थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि, ५ हजार २४ सक्रिय संक्रमित

थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि, ५ हजार २४ सक्रिय संक्रमित

नेपालखबर
भदौ ३, २०७९ शुक्रबार १७:५८, काठमाडौँ

देशभर पछिल्लो २४ घण्टामा थप ६२३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ४ हजार ९४५ जनाको नमूना परीक्षण गरिएको थियो। १ हजार ६२१ जनाले पीसीआर र ३ हजार ३२४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
  
गत २४ घण्टामा १० हजार ९९० जनाले कोभिड विरुद्धको खोप लगाएका छन्। यही अवधिमा ४८७ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै संक्रमण मुक्त हुनेको संख्या नौ लाख ७७ हजार आठ सय ४५ पुगेको छ। संक्रमण मुक्त हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
 

हाल सक्रिय संक्रमितको संख्या ५ हजार २४ रहेको छ। 

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९९० पुगेको छ। होम आइसोलेशनमा चार हजार आठ सय ३४, संस्थागत आइसोलेसन १९०, आईसीयूमा ४९ र भेन्टिलेटरमा ६ जना संक्रमित रहेका छन्। 

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन्। शून्य सङ्क्रमित रहेका जिल्लाहरुमा मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, डोल्पा, जुम्ला र मुगु रहेका छन्।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार चार सय ४३, ललितपुर आठ सय एक र भक्तपुरमा ८० सक्रिय संक्रमित रहेका छन्। कुलमा संक्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .