ad ad

समाज


राउण्ड टेबल नेपालद्वारा मोरङमा २ करोडको विद्यालय भवन निर्माण

राउण्ड टेबल नेपालद्वारा मोरङमा २ करोडको विद्यालय भवन निर्माण

नेपालखबर
भदौ ३, २०७९ शुक्रबार २०:१२, काठमाडौँ

राउण्ड टेवल विराटनगर प्लाटिनम राउण्ड टेबल नेपालले मोरङको बुढीगंगा गाउँपालिकस्थित सरस्वती सदन आधारभूत विद्यालयलाई कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ।

राउण्ड टेबलले सो विद्यालयमा बहुवर्ष योजना अन्तर्गत २ करोड बढीको लगानी गर्दै आवश्यक सम्पूर्ण भौतिक साधन जुटाई दिएको जनाएको छ।

बुढीगंगा गाउँपालिकाको वडा नम्बर ४ स्थित विद्यालय परिसरमा बिहीवार आयोजित कार्यक्रमकाबीच राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेतीले विद्यालय परिसरमा हालै निर्माण गरिएको ४ कोठे भवनको उद्घाटन गरे।

विराटनगर प्लाटिनम राउण्ड टेबल नेपालले यूरोपस्थित राउण्ड टेबल यूरो ११ सँग सहकार्य गर्दै सो विद्यालयमा ४० लाखको लगानीमा ४ कोठे पक्की भवन थप गरेको हो।

राउण्ड टेबल नेपालले सोही संस्थासँग सहकार्य गर्दै उक्त विद्यालयमा यस अघि नै १६ वटा कोठा निर्माण गरिसकेको छ। विराटनगर राउण्ड टेबल नेपालले सन् २००६ यता उक्त विद्यालयको अभिभावकत्व ग्रहण गरेको छ। अभिभावकत्व ग्रहण गरिएयता विद्यालयमा निरन्तर भौतिक संरचनाको निर्माण गर्दै आएको विराटनगर राउण्ड टेबल प्लाटिनम ११ का अध्यक्ष प्रणव तोदीले बताए।

थप गरिएको ४ कोठासँगै हालसम्म राउण्ड टेबल नेपालले उक्त विद्यालयमा २० वटा कोठाको निर्माण सम्पन्न गरिसकेको छ। निर्माण गरिएको सोही कोठाहरूबाट विद्यालयको प्रशासनिक काम कारवाहीका साथै विद्यार्थीहरुको अध्ययन अध्यापन हुने गरेको छ।

त्यति मात्र नभई विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्बि गर्न समेत राउण्ड टेबल नेपालले भुमिका निर्वाह गर्दै आएको जनाएको छ। आफूहरुले अभिभावकत्व ग्रहण गर्नुअघि उक्त विद्यालय नजिकैको जग्गामा टिनको छानो भएको कोठामा सञ्चालन हुने गरेको राउण्ड टेबल नेपालका पूर्वअध्यक्ष दिवाकर राठीले जानकारी दिए।

बिजोग अवस्था देखेर आफ्नो संस्थाले सो विद्यालयको अभिभावकत्व ग्रहण गरेको र त्यसयता निरन्तर विकास निर्माण तथा भौतिक सामग्री जुटाइदिने काम गर्दै आएको राठीले बताए। 

राउण्ड नेपाल ११ ले हालसम्म उक्त विद्यालयमा स्वच्छ खानेपानी, शौचालय, साइकल पार्किङ लगायत आवश्यक सम्पूर्ण भौतिक पुर्वाधार निर्माण गरिदिएको छ। बितेको १५ वर्षमा युरो ११ सँग सहकार्य गर्दै उक्त विद्यालयमा राउण्ड टेबल ११ ले २ करोड बढीको लगानी गरिसकेको छ।

विद्यालयका लागि आवश्यक सम्पूर्ण भौतिक संरचना राउण्ड टेबलले जुटाई दिएपछि अब आफूहरु विद्यालयको स्तरोन्नती र शैक्षिक गुणस्तर बृद्धि गर्न लागिपरेको विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष हक्मुद्धिनले बताए।

कक्षा कोठा लोकार्पण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक स्वर्णकान्त दाहाल सहित राउण्ड टेबल नेपालका दिवस सुवेदी, निखिल जैसानी तथा हरी राठी लगायतका पदाधिकारीहरुको सहभागिता थियो।

यसैवीच मोरङको रंगेली नगरपालिका ७ मा रहेको आदर्श निम्न माध्यमिक विद्यालयलाई राउण्ड टेवल ५ द्वारा ४ वटा कोठा निर्माण गरी आज एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको छ।

राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेती र मेयर दिलिप बगडियाले नवनिर्मित कोठा मा रिवन काटेर हस्तान्तरण गरेका थिए। सोही कार्यक्रममा मेयर बगडियाले सो विद्यालयमा अरु कोठा र अंग्रेजी शिक्षा दिने प्रतिवद्धता जनाएका छन्।

विद्यालयमा ४ सय ६५ बिद्यार्थी अध्ययन गरिरहेका छन्। विद्यालयलाई सधैं यसरी नै सहयोग गर्दै जाने राउण्ड टेबुल नेपाल ५ का अध्यक्ष आनन्द वाइतीले जानकारी गराए।

अहिलेसम्म यो विद्यालय मा राउण्ड टेबुलले १५ वर्षदेखि सञ्चालन गर्दै आएको र लगभग ५० लाख सम्म खर्च गरेको विराटनगर राउण्ड टेबुल ५ का अध्यक्ष टेबलर ऋषभ दाहालले जानकारी दिए। उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपाने, वडा अध्यक्ष रामचन्द्र मण्डल, राउण्ड टेबल नेपालका पदाधिकारी तथा सदस्य, रोटरी क्लबका पदाधिकारी तथा सदस्य, जग्गादाता कमलेश अग्रवाल, प्रधानाध्यापक अरविन्द शाह लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .