समाज


आज राति पनि देशभर पानी पर्ने, सुदूरपश्चिम र कर्णाली प्रदेशमा ठूलो वर्षाको सम्भावना

आज राति पनि देशभर पानी पर्ने, सुदूरपश्चिम र कर्णाली प्रदेशमा ठूलो वर्षाको सम्भावना

फाइल फाेटाे


नेपालखबर
असोज २३, २०७९ आइतबार १८:४९, काठमाडौँ

आज (आइतबार) राति पनि देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

बुलेटिनअनुसार भोलि (सोमबार) दिउँसो पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाका साथै यी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .