समाज


सन्दीपको बैंक खाता र जग्गा रोक्का गर्न माग

सन्दीपको बैंक खाता र जग्गा रोक्का गर्न माग

नेपालखबर
कात्तिक १४, २०७९ सोमबार १५:११, काठमाडौँ

बलात्कार आरोपमा अदालतमा मुद्दा दर्ता भएपछि क्रिकेटर सन्दीप लामिछानेको सम्पत्ति रोक्का गर्न माग गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार अदालतमा मुद्दा दर्ता गर्दै उनको नाममा रहेका दुई वटा जग्गा र बैंक खाता रोक्का राख्न माग गरेको हो। 

लामिछानेको नाममा रहेको चितवनको कल्याणपुर ७ स्थित कित्ता नं ६९२८ को १८४.१७ बर्गमिटर जग्गा रोक्का राख्न माग गरिएको हो।

यस्तै कल्याणपुर ७ कै ११७०.३५ बर्गमिटर क्षेत्रफल रहेको कित्ता नं ६९३० पनि रोक्का राख्न माग गरिएको छ। 

उनको बैंक खाता पनि रोक्का राख्न पनि माग गरिएको छ। एनआईसी एसिया बैंकमा उनको खातामा रहेका ६५ हजार २९८ रुपैयाँ रोक्का राख्न अदालत समक्ष अनुरोध गरिएको छ। 

क्षतिपूर्ति प्रयोजनका लागि उनको सम्पत्ति र खाता रोक्का राख्न माग गरिएको हो। 

उनीविरुद्ध सोमबार जिल्ला अदालतमा १२ वर्ष कैद र क्षतिपूर्ति माग गर्दै मुद्दा दायर भएको छ।

उनलाई सोमबार नै जिल्ला अदालतमा उपस्थित गराइएको भए पनि थुनछेक बहस भने मंगलबारदेखि मात्रै सुरु हुने भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .