समाज


मोटरसाइकलको लेगगार्डमा तरबार राखेर टिकटक बनाउने २ जना पक्राउ

मोटरसाइकलको लेगगार्डमा तरबार राखेर टिकटक बनाउने २ जना पक्राउ

नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार १३:४, काठमाडौँ

मोटरसाइकलको लेगगार्डमा तरबार राखेको टिकटक बनाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार केही व्यक्तिहरुले बा ५१ प ४६३९ नम्बरको मोटरसाइकलको लेगगार्डबाट तरबार झिकेको भिडियो टिकटकमा अपलोड गरेका थिए। 

काठमाडौंको नागार्जुन नगरपालिका २ सानो भर्‍याङका २३ वर्षीय दिपेश महर्जन र दोलखाको मेलुङ गाउँपालिका ६ घर भई स्वयम्भु बस्ने २२ वर्षीय श्रवण लामालाई प्रहरीले पक्राउ गरेको हो। 

प्रहरीले टिकटक बनाउँदा प्रयोग गरेको बुलेट मोटरसाइकल र २ फिट २ इन्च लामो तरबार बरामद गरेको छ।

प्रहरीले उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा नैतिकताविरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद लिई अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .