ad ad

समाज


चोरिएका २२ ओटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

चोरिएका २२ ओटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १५:१८, काठमाडौँ

विभिन्न मिति तथा समयमा चोरी भएका २२ ओटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ। 

रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबिच कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १६  वटा मोटरसाइकल र ६ ओटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अन्ुसार यो आर्थिक वर्ष सुरु भए पश्चात सवारी साधन हराएको भनि ५९२ वटा निवेदन कार्यालयमा प्राप्त भएका थिए। प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका २०४ वटा सवारी साधनमाथी ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो।

जसमध्ये साउन महिनामा ७३ ओटा, भदौमा ४० वटा, असोजमा ३० वटा, कात्तिकमा १४ वटा र केही दिन अगाडि ६ वटा सवारी साधन ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइ सकेको छ। धनी नखुलेका ३६ वटा सवारी साधन भने यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाइएको छ। 

सवारी साधन जथाभावी पार्किङ नगर्न र पार्किङ गरिएका सवारी साधनमा पनि सुरक्षाका उपाय (डिक्स लक, ह्याण्डिल लक, सेक्युरिटी साइरन आदि) अपनाई सुरक्षित स्थानमा मात्रै पार्किङ गर्न सम्बन्धित सबैलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक भट्टले आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .