ad ad

समाज


जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह

जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह

एकै समारोहमा विवाह गरेका जोडीहरू। तस्बिर : रासस


नेपालखबर
मंसिर १४, २०७९ बुधबार ६:३७, महेन्द्रनगर

जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह सम्पन्न भएको छ।

जनकपुरधामलाई वैवाहिक गन्तव्यका रूपमा विकास र प्रचारप्रसार गर्न विवाह पञ्चमीको अवसरमा विश्व हिन्दू परिषद् नेपालले प्रत्येक वर्ष आयोजना गर्ने सामूहिक विवाह समारोहमा यस वर्ष पनि २६ युवक-युवतीको विवाह एउटै समारोह र मण्डपमा भएका छन्।

विवाह पञ्चमीमा भगवान श्री सीतारामको विवाह भएकै मण्डपमा उनीहरुको विवाह हुने गरेको छ। चार वर्षदेखि भइरहेको सामूहिक विवाहको उद्देश्य जनकपुरधामलाई विश्वकै उत्कृष्ट वैवाहिक गन्तव्यका रूपमा पर्यटनको विकास गर्नु र दहेज (दाइजो) उन्मूलनको सन्देश प्रवाह गर्नु रहेको आयोजकको भनाइ छ। 

जनकपुरधामको हुनेखाने स्थानीयसँग सहयोग सङ्कलन गरी मिथिलाको विवाहमा बेहुलीलाई उपहारस्वरूप दिइने मङ्गलसुत्र, बिछाओन, लत्ताकपडासहितको व्यवस्थापन आयोजकले गर्दै आएको छ। यसले गरिब र विपन्नको पनि विवाह धार्मिक, सामाजिक र प्रतिष्ठित रूपमा हुने आयोजकको भनाइ छ। विवाहका लागि योग्य उमेर पुगेकालाई विवाह गराइने यस कार्यक्रमले सामाजिक भाइचारा विकास हुने बताइएको छ।रासस  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .