ad ad

समाज


तराईमा हुस्सु/कुहिरो, पहाडमा पारदर्शिता कम

चिसोबाट बच्न २४ घण्टे चेतावनी
तराईमा हुस्सु/कुहिरो, पहाडमा पारदर्शिता कम

फाइल तस्बिर


नेपालखबर
मंसिर १४, २०७९ बुधबार ६:५८, काठमाडौँ

यतिबेला (बुधबार बिहान) तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ भने पहाडी भेगका केही स्थानमा पनि पारदर्शिता (भिजिबिलिटी) कम रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वाुनमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भूभागमा मौसम आंशिक बदली छ। 

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भेगमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै राति प्रदेश १ का केही तथा बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा आंशिक बदली तथा बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले आगामी  २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।

मौसमविद् शाक्यका अनुसार आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ३ डिग्री सेल्सियस छ। अहिले बिहान ८:४५ बजे पुनः यो अपडेट गरिनेछ भने त्यतिबेलाका देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि महाशाखाले सार्वजनिक गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .