पूर्वी चितवनको कालिका नगरपालिकामा गैँडाको अस्थिपञ्जर फेला परेको छ। कालिका नगरपालिका–१ मा रहेको चतुर्मखी सामुदायिक वनको साल वन क्षेत्रमा सडेगलेको अवस्थामा गैँडा फेला परेको हो।
गैँडाको हड्डी छरिएको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए। उनका अनुसार करिब ६ महिनाअघि गैँडा मरेको अनुमान गरिएको छ।
गैँडाको खाग र तीन खुर नभेटिएको उनले बताए। खाग काटिएको अनुमान गरिएको छ। गैँडाको खप्पर र बाँकी रहेको नौ खुरलाई सुरक्षित राखिएको उनले जानकारी दिए। डिभिजन वन कार्यालय र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर गैँडाको शव परीक्षण गरेको उनले बताए।
प्राकृतिक कारणले मरेको या चोरी शिकारीका कारण मारिएको भन्ने अध्ययनपछि जानकारी आउने उनले बताए। रासस
21
Shares
प्रतिक्रिया