कास्कीको मादीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मादी गाउँपालिका १ सिक्लेस बस्ने ७१ वर्षीय सुरज गुरुङको घरमा धुप बाल्ने क्रममा आगो सल्किएको प्रहरीले जनाएको छ।
सुरजको आगलागीमा परी ज्यान गएको छ। सुरज र छिमेकी तौराज गुरूङको घरमा आइतबार राति आगलागी भएको हो।
दुवै घर तथा अन्नपात, काठपात र भाडावर्तन पूर्णरूपमा जेलर नष्ट भएको छ।
यसैबिच रूपन्देहीको रोहिणी गाउँपालिका ४ समेरहवास्थित श्याम लिमिटेड सन माईका
फ्याक्ट्रीमा काम गर्ने क्रममा आयल पाईप लिक भई आइतबार दिउँसो आगलागी हुँदा हट
बर्दियाको राजापुर नगरपालिका ६ जोगीपुरका प्रकाश गौतमको जोगीपुर चोकमा रहेको प्रशान्त जनरल स्टोरमा सोमबार बिहान आगलागी भएको छ। पसलमा रहेको सामान जलेर करिब ४० लाख रूपैयाँ बरारबको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया