समाज


अमेरिकी र नेपाली सेनाको संयुक्त अभ्यास सुरु

अमेरिकी र नेपाली सेनाको संयुक्त अभ्यास सुरु

नेपालखबर
पुस २५, २०७९ सोमबार २०:२९, काठमाडौँ

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यास ‘एक्स टेक नेल २३–३०११’ को शुभारम्भ भएको छ।

छाउनीस्थित महावीर योजना तथा समन्वय महाशाखामा सोमबारदेखि दुई देशका सेनाको संयुक्त अभ्यास सुरु भएको हो।

विशेष फौज बाहिनीपति सहायक रथी भुवन खत्रीको उपस्थितीमा आज शुभारम्भ भएको उक्त संयुक्त अभ्यासमा नेपाली सेनाका ४५ जना तथा अमेरिकी सेनाका १९ जनाको सहभागित रहेको छ। 

२०७९ माघ २० गतेसम्म संचालन हुने यस अभ्यासमा ‘हाइ एङ्गल रेक्क्यू, कम्ब्याट सर्च एण्ड रेस्क्यू, एयर क्राफ्ट रेस्क्यू, हाइ अल्टिच्युड/अल्पिन रेस्क्यू र स्विफ्ट वाटर रेस्क्यू’ जस्ता विषयहरु समावेश छन्। छाउनी र नगरकोट ईलाकामा संचालन हुने उक्त अभ्यासको यो १२ औं संस्करण हो।

यस किसिमको संयुक्त अभ्यासबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजमा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार सम्बन्धी ज्ञान तथा क्षमता अभिवृद्धि हुनुको साथै दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .