समाज


चोभार कार दुर्घटनामा बेपत्ता राजकुमारको शव गोताखोरले बागमतीबाट निकाले

चोभार कार दुर्घटनामा बेपत्ता राजकुमारको शव गोताखोरले बागमतीबाट निकाले

नेपालखबर
माघ ५, २०७९ बिहिबार १६:३१, काठमाडौँ

काठमाडौंको कीर्तिपुर नगरपालिका ६ चोभारस्थित जल विनायक पुलबाट बागमती नदीमा कार खसेर बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ। 

माघ २ गते बा ५ च ५६५४ नम्बरको कार नदीमा खस्दा एकजना गम्भीर घाइते भएकी थिइन्। उनका श्रीमान बेपत्ता भएका थिए।

बेपत्ता राजकुमार लामिछानेको शव बिहीबार सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गण नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो।

दुर्घटनामा कारमा सवार काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका १ खहरे वस्ने अन्दाजी ४० वर्षीय राजकुमार खत्री वेपता भएका थिए।

उनकी श्रीमती ४० वर्षीया अम्बिका लामिछाने घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारी लगिएको थियो।

बागमती कार दुर्घटना अपडेट : श्रीमान नदीमा बेपत्ता, श्रीमतीलाई गंगालाल लगियो

चोभार पुलबाट कार बागमतीमा खस्यो, २ जना बेपत्ता, एक जनाको उद्धार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad