समाज


बढ्दै तापक्रम, काठमाडौँको न्यूनतम ८ डिग्रीमा उक्लियो

बढ्दै तापक्रम, काठमाडौँको न्यूनतम ८ डिग्रीमा उक्लियो

फाइल तस्बिर


नेपालखबर
माघ १२, २०७९ बिहिबार ६:५७, काठमाडौँ

तापक्रम बिस्तारै बढ्न थालेको छ। यस क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा उक्लिएको छ।  

आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। हिजो उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो।

‘अब तापक्रम धेरै घट्दैन, बिस्तारै बढ्ने क्रममा छ’, मौसमविद् अधिकारीले बिहीबार बिहान नेपालखबरसँग भने। 

हिजो बुधबारको मापनअनुसार यस्तो छ तापक्रम विवरण :

हाल मौसम अवस्था
हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभाव छ। यतिबेला (बिहीबार बिहान) गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) तथा मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा छ। तराईका केही स्थानमा हल्का हुस्सु/कुहिरो लागेको मौसमविद् अधिकारीले जानकारी दिए। ‘तर यो दिउँसो हटेर जाने खालको हो’, उनले भने। 

तीन दिनको मौसम अनुमान
माघ १२ गते बिहीबार (आज)

दिउँसो ː प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदलीका साथै गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १३ गते शुक्रबार
दिउँसो ː प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति ː प्रदेश १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १४ गते शनिबार
दिउँसो ː प्रदेश १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति ː  प्रदेश १ , गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
तराईका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ। 

स्रोत : मौसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .