समाज


सर्लाही र सिन्धुली जोड्ने क्यानेश्वर सडकमा पहिलो पक्की पुल बन्ने

सर्लाही र सिन्धुली जोड्ने क्यानेश्वर सडकमा पहिलो पक्की पुल बन्ने

नेपालखबर
माघ २५ , काठमाडौँ

सर्लाही र सिन्धुली जिल्लालाई सडक सञ्जालमा जोड्ने हरिवन-क्यानेश्वर सडकमा पुल निर्माण कार्य सुरु भएको छ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ क्यानेश्वरस्थित क्यान खोलामा पक्की पुल निर्माण गर्न लागिएको हो। हरिवन( क्यानेश्वर सडकमा बन्न लागेको यो पहिलो पक्की पुल हो।

सर्लाहीको हरिवनस्थित पूर्वपश्चिम राजमार्गबाट उत्तर चुरे पहाड हुँदै सिन्धुलीको क्यानेश्वर जोड्ने यो सडक १५ वर्षअघि देखि नै सञ्चालनमा आएपनि स्तरोन्नती हुन सकेको छैन। सडकको धेरैजसो भाग अझै धुलाम्मे छ। 

क्यान खोलामा बागमती प्रदेश सरकारले निर्माण गर्न लागेको ८५ मिटर लम्बाई रहने पुलको सिन्धुली( २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले मंगलबार शिलान्यास गरेका छन्। 

पुल निर्माण पूरा हुँदा ८ करोड ३३ लाख ४३ हजार खर्च हुने अनुमान गरिएको छ। पुलको निर्माणको ठेक्का रसुवा–ईलाईट जेभी कपन काठमाडौँले लिएको छ। 

पुलमा दुई वटा स्पान रहने प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीका प्रमुख देवनारायण यादवले जानकारी दिए।

क्यानेश्वरका स्थानीय बासिन्दासमेत रहेका जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले हरिवन क्यानेश्वर सडकमा पुल निर्माण कार्यको थालनी हुनु खुसीको कुरो भएको बताए। उनले यो सडक स्तरोन्नतीको लागि स्थानीय पालिकाहरुले पहल गर्नुपर्नेमा जोड दिए।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले क्यान खोलामा पक्की पुल निर्माण सुरु भएसँगै क्यानेश्वर क्षेत्रमा विकासको नयाँ ढोका खुलेको भन्दै खुसी व्यक्त गरे।

माघ २५, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.