समाज


बढुवाको मुखमा एसपी सविन प्रधानले दिए राजीनामा

बढुवाको मुखमा एसपी सविन प्रधानले दिए राजीनामा

नेपालखबर
माघ २७, २०७९ शुक्रबार १२:१६, काठमाडौँ

नेपाल प्रहरीका उपरीक्षक (एसपी) सविन प्रधानले राजीनामा दिएका छन्। एसएसपी बढुवाको रोलक्रममा रहेका प्रधानले माघ १९ गते राजीनामा दिएका हुन्। गृह मन्त्रालयले उनको राजीनामा त्यसको भोलिपल्टै स्वीकृत गरेको छ। 

प्रधान २०५१ सालमा प्रहरी सहायक निरीक्षकमा भर्ना भएका थिए। २०५६ सालमा प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका थिए। २०६७ सालमा डीएसपीमा बढुवा भएका प्रधान २०७५ सालमा एसपी भएका थिए।

उनी धेरै समय प्रहरी प्रधान कार्यालयमै कार्यरत थिए। डीएसपी हुँदा जिल्ला प्रहरी कार्यालय धादिङ र एसपी हुँदा भक्तपुरको प्रहरी प्रमुख भएर काम गरे। उनले प्रहरीको यूएन शाखा, इन्टरपोलमा पनि काम गरेका थिए।

अब हुने एसएसपी बढुवामा पर्ने निश्चितजस्तै रहे पनि उनले त्यसको केही महिनाअघि राजीनामा दिएका हुन्। प्रधानले अमेरिकी दूतावासमा जागिर खान प्रहरी सेवाबाट अलग भएको स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .