ad ad

समाज


नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न

नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न

नेपालखबर
फागुन १, २०७९ सोमबार २०:३७, काठमाडौँ

यही माघ २९ गतेदेखि नेपाली सेनाको जंगी अड्‍डामा सञ्चालन भएको दुई दिने पृतनापति समन्वयात्मक बैठक २०७९ सम्पन्न भएको छ।

बैठकमा वर्तमान सुरक्षा परिस्थितीको विश्लेषण, अपरेशनल अवस्था लगायत पृतनापतिहरुले प्रधान सेनापति समक्ष गरेका कमाण्ड प्रतिबद्धताको प्रगति प्रतिवेदन, नेपाली सेनाको भिजन २०३० कार्यान्वयनको अवस्था, सञ्चालित तालिमहरुको प्रभावकारिता, पृतना पुनर्स्थापना भएपश्चात कमाण्ड कन्ट्रोल र समन्वयको प्रभावकारिता तथा गत भाद्र महिनामा सम्पन्न कमाण्ड सेनापति समन्वयात्मक बैठकको मिनट्समा उल्लेख भएका विषयहरुको प्रगति सम्बन्धमा गहन छलफल भएको थियो।    

समापनको अवसरमा सहभागीहरुलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले यस बैठकले वर्तमान परिस्थितिको साथै आईपर्न सक्ने चुनौतीहरुको पहिचान गरी सोको सामना गर्न अपनाउनु पर्ने रणनीति तथा कार्यनीति निर्धारण गर्न मद्दत पुगेको बताए।

आगामी कार्यहरु थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन यो बैठक सहयोगी सिद्ध हुने बताउँदै प्रधान सेनापतिले पृतनास्तरमा हालसम्म भएका प्रभावकारी कार्यहरुको लागि पृतनापतिहरुलाई धन्यवाद दिए। उनले आगामी दिनहरुमा पृतनापतिहरुले बैठकमा भएका छलफललाई तल्लो दर्जा र इकाइसम्म प्रभावकारी हुने ढंगले कार्यान्वयनमा लैजान सहभागीहरुलाई निर्देशन दिए।

प्रधान सेनापतिले अनुशासन तथा जवाफदेहिताको महत्त्वबारे सहभागीहरुलाई स्मरण गराउँदै सम्बद्ध निकायहरुसँग प्रभावकारी समन्वय राख्दै प्राप्त सबै जिम्मेवारी स्तरिय ढंगले निर्धारित समयमा पूरा गर्न निर्देशन दिए। नेपाली सेना, सारा नेपाली जनताको आस्था र भरोसाको धरोहर हो भन्ने कुरालाई मनन् गर्दै जनताको यो विश्वासलाई कायम राखी रहन संस्थाका सबैले व्यक्तिगत तथा सामुहिक ढंगले प्रयत्न गरिरहने कुरामा आफू विश्वस्त रहेको कुरा बताए। 

जङ्गी अड्‍डाबाट जारी भएका नीति निर्देशनहरु कार्यान्वयनमा सहजता, सम्बद्ध सरकारी निकायहरुसँगको समन्वयमा सरलता तथा स्रोतसाधनको व्यवस्थापन र पहुँचमा सुगमताको आवश्यकता महशुस गरेर सरकारको निर्णय अनुसार ३ जोड १ कमाण्ड अवधारणा कायमै रहने गरेर पुनर्स्थापित पृतनाका पृतनापतिहरुले पृतना पुनर्स्थापना गर्ने निर्णय लक्षित उद्देश्य प्राप्तिमा सहयोगी सिद्ध भएको अनुभव सुनाए।  

आठवटै पृतनाका पृतनापतिहरु लगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरु तथा सम्बन्धित बाहिनीपतिहरुको उपस्थिती रहेको उक्त समन्वयात्मक बैठकमा भएका प्रस्तुतिकरण र उठान भएका विषयवस्तुहरुमाथि भएको गहन छलफल तथा अन्तर्क्रियाबाट प्राप्त भएका राय सुझावहरुले नेपाली सेनाको नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देशन गर्ने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .