ad ad

समाज


नर्भिक आईभीएफमा उपचारपछि अरुणा सिंहले एकै पटक जन्माइन् चार सन्तान

नर्भिक आईभीएफमा उपचारपछि अरुणा सिंहले एकै पटक जन्माइन् चार सन्तान

नेपालखबर
चैत ८, २०७९ बुधबार १२:१३, काठमाडौँ

नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरमा उपचार गराएकी अरुणा सिंहले अष्ट्रेलियामा चम्ल्याहा सन्तानलाई जन्म दिएकी छन्। 

लामो समयदेखि सन्तान प्राप्तिका लागि संर्घष गरेका ४४ वर्षीया अरुणा र ४७ वर्षीय योगेश सन्तान प्राप्तिको योजनासहित उपचार गराउन अष्ट्रेलियादेखि नेपाल आएका थिए। 

अष्ट्रेलियामा स्थायी बसोबास गर्दै आएका उनीहरुले काठमाडौैंस्थित नर्भिक आईभीएफमा उपचार गरेका थिए। 

चिकित्सकीय सहायक प्रजनन प्रविधिमार्फत उपचारपछि पहिलो प्रयासमा गर्भवती भएकी अरुणाले करिब १४ हप्तासम्म नर्भिक आईभीएफकी वरिष्ठ स्त्री रोग तथा टेष्टट्युव बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासँग उपचार तथा परामर्श गराएीक थिइन। 

त्यहाँको सरकारले आफ्ना नागरिकलाई दिने चिकित्सकीय उपचार, सुविधा र सहयोगका कारण पनि अरुणा दम्पतीले अष्ट्रेलिया गएरै गर्भावस्थाको बाँकी परीक्षण र थप उपचार गर्ने निर्णय लिएर उतै गएका थिए। 

अष्ट्रेलियाको दक्षिण ब्रिस्बेनको मेटर मदर्स अस्पतालमा ४ जना सन्तानलाई जन्म दिएकी अरुणा र बच्चाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनका श्रीमान योगेशले बताए।

निर्धारित मितिभन्दा ११ हप्ता अगाडि जन्मिएका ३ छोरा र एक छोरीलाई अहिले अस्पतालले विशेष निगरानीमा राखेर हेरचाह गरिरहेको छ। 
योगेशका अनुसार प्रि म्याचर्ड डेलिभरी भएकाले बच्चाहरुको तौल कम हुँदा अस्पतालले विशेष निगरानी र हेरचाह गर्नुपरेको हो। 

एकैपटक चम्ल्याहा शिशु जन्मिएपछि यो विषयले अस्ट्रेलियामा पनि चर्चा पाएको छ। योसँगै नेपालको नर्भिक इन्टरनेशनल हस्पिटलको विश्वस्तरीय उपचार सेवाको समेत त्यहाँ प्रशंसा भइरहेको छ। 

अष्ट्रेलियामा महिलाहरुको जीवनशैलीबारे समाचार र लेख प्रकाशन गर्ने अग्रणी न्युज पोर्टल नाइन डट कम डट एयूले नेपालकी अरुणा सिंह र योगेशले अष्ट्रेलियामा चम्ल्याहा सन्तान जन्माएको विषयलाई रोचक ढंगले प्रस्तुत गर्दै ‘क्वीन्सल्याण्ड दम्पतीको चमत्कार, चम्ल्याहालाई स्वागत गरे, हामी छक्क पर्यौं’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको छ। 

योगेशलाई उद्धृत गर्दै उक्त अनलाइनले लेखेको छ–‘सुरुमा अस्पतालले हामीलाई तीन जना बच्चा भन्यो, पछि ४ जना भन्दा हामी अचम्म अनि छक्क पर्यौं। किनभने त्यो हाम्रा लागि अचम्म र अप्रत्याशित पनि थियो।’ 

उनीहरुले आफ्ना सन्तानको न्वारान पनि गरिकसेका छन्। तीन छोराको नाम क्रमश: आर्ची, लुइस र एडी राखेका छन् भने छोरीको नाम अन्ना राखेका छन्। 

अष्ट्रेलियामा चम्ल्याहा सन्तान जन्माउनुलाई दुर्लभ मानिन्छ। उक्त अनलाइनका अनुसार पछिल्लो ४ वर्षमा सो अस्पतालमा जन्मिने बच्चाहरुमध्ये चम्ल्याहा भएको यो पहिलो घटना हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .