ad ad

समाज


रंगशाला विषयमा गालीको वर्षाले विक्षिप्त सुन्तली भन्छिन्– अब सुन्ने र सहने शक्ति छैन

रंगशाला विषयमा गालीको वर्षाले विक्षिप्त सुन्तली भन्छिन्– अब सुन्ने र सहने शक्ति छैन

फाइल तस्बिर : सुन्तली र धुर्मुस


नेपालखबर
चैत १०, २०७९ शुक्रबार ९:२६, काठमाडौँ

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’की पत्नी एवं कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ले चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा आफूलाई गालीको वर्षा भइरहेको र त्यसले विक्षिप्त बनाएको दुखेसो गरेकी छन्।   

आफ्नो इनबक्समा नग्न तस्बिरहरूसहित विभिन्न तुच्छ गाली पठाइरहेको उनले उल्लेख गरेकी छन्। 

‘धुर्मुसजीले केही समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरूका गाली गलौज सहँदै आएँ र आज म मानसिक यातनाले विक्षिप्त भएको छु’, सामाजिक सञ्जालमा सुन्तलीले लेखेकी छन्, ‘अब सुन्ने र सहने शक्ति छैन ममा, कि मलाई सफाइ देऊ कि सजाय! तर जे गर्छौ छिटो गर।’

अबका हरेक वार्ता बन्दकोठामा होइन, खुलेआम रंगशालाको मैदानमा गरियोस् भन्ने आग्रह पनि उनले गरेकी छन्। 

‘मलाई मेरो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको छ, विभिन्न तुच्छ गालीको वर्षात् भइरहेको छ’, उनले लेखेकी छन्, ‘म पनि मान्छे हुँ, धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग।’ 

केही दिनअघि उनका पति धुर्मुसले राज्यको असहयोगका कारण रंगशाला निर्माण अलपत्र परेको भन्दै भिडिओ सन्देश जारी गरेका थिए।

हेर्नुहोस् सुन्तलीको स्टाटस-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .