ad ad

समाज


न्याय माइतीघरले द‍िने होइन, पीडितलाई खुलामञ्चमा राख्ने तयारी शंकास्पद : मेयर शाह

न्याय माइतीघरले द‍िने होइन, पीडितलाई खुलामञ्चमा राख्ने तयारी शंकास्पद : मेयर शाह

नेपालखबर
चैत १४, २०७९ मंगलबार ९:१९, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ११ हिँडेर आएका मिटरब्याजपीडितलाई खुलामञ्चमा प्रवेश नदिएको बारे स्पष्टीकरण दिएका छन्।

तराईंका विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौं आएका मिटरब्याजपीडित खुलामञ्च प्रवेश गर्न खोजे पनि  महानगरको नगर प्रहरीले प्रवेशमा रोक लगाएको थियो। खुलामञ्चमा प्रवेश गर्न महानगरपालिकाको नगर प्रहरीले रोक लगाएसँगै उनीहरू गेटमा नै धर्नामा बसेका छन्। खुलामञ्चमा प्रवेश गर्न नदिएको भन्दै महानगरपालिकाको चौतर्फी आलोचना भएको थियो।

उक्त विषयमा प्रष्टीकरण दिँदै मेयर शाहले माइतीघरले न्याय नदिने बताएका छन्। 'न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रिपरिषद्ले दिनुपर्ने हो,' मंगलबार सामाजिक सञ्जालमा मेयर शाहले भनेका छन्, 'पिडितहरूले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ। यो अवस्थामा संघीय सरकारले अतिशिघ्र चासो दिनुपर्ने हो।'

उनले पिडितहरूलाई शिविर होइन, आज नै न्यायको अनुभूति दिलाएर बेलुका घर फर्किने वातावरण बनाउनुपर्ने बताए।

खुलामञ्च निषेधित क्षेत्र नभएको तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी शंकास्पद भएको उनले बताएका छन्। न्यायका लागि वर्षौँ लड्ने वातावरण नबनाइ केही घण्टामा न्यायको अनुभूति दिलाउनुपर्नेमा सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा बसाउनेगरी प्राथमिकतामा राखिएकोमा उनले आपत्ति जनाए।

स्थानीय समस्याहरु स्थानीय सरकारबाट समाधान हुनुपर्ने पनि उनले बताए।

उनले खुलामञ्च आवाज बोल्न सबैका लागि सँधै खुला रहेको बताउँदै आन्दोलनमा ऐक्यवद्धता रहेको पनि बताएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .