ad ad

समाज


एक लाख ६० हजारको कपडासहित महिला नियन्त्रणमा

एक लाख ६० हजारको कपडासहित महिला नियन्त्रणमा

नेपालखबर
चैत १४, २०७९ मंगलबार १९:११, काठमाडौँ

सशस्त्र प्रहरीले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा इलाकाबाट करीब १ लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित एक जनालाई नियन्त्रणमा लिएको छ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित सोही जिल्लाको ओमसतिया गाउँपालिका २ पडसरी बस्ने ४० वर्षीया पूजा थापालाई सशस्त्र प्रहरी बल नेपाल बीओपी डण्डाले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका थापालाई बरामद लत्ताकपडासहित आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .