ठगी आरोपमा पूर्वराजदूत निराकारमानसिंह बस्न्यातकी पत्नी रेनुकुमारी थापा बस्न्यात पक्राउ परेकी छन्।
उनले जग्गा बैना गरेर ७० लाख रुपैयाँ लिएको तर पछि जग्गा पास नगरिदिएको र पैसा पनि फिर्ता नगरेको भन्दै जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जन भट्टले बताए।
उक्त जग्गा रोक्का रहेको खुलेको छ। पक्राउ परेकी रेनुकुमारीलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।
जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद लिएर अनुसन्धान गरिरहेको डीएसपी भट्टले बताए।
चैत १५, २०७९, बुधबार
प्रतिक्रिया