पुस्तक दिवसको अवसर पारेर उत्कृष्ट वर्ष पाठक घोषणा गरिएका दाङका दुईजना अध्येताहरुलाई सम्मान गरिएको छ।
घोराहीको सर्वोदय पुस्तकालयमा शुक्रवार एक औपचारिक कार्यक्रमको आयोजना गरि अध्येताहरु प्रहरी निरीक्षक तथा लेखक रामबहादुर जिसी र पत्रकार गोबिन्द खड्कालाई सम्मान गरिएको हो।
अध्ययन समूह दाङ र मेधावी कन्सर्न घोराहीको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सर्वोदय पुस्तकालयका अध्यक्ष तथा लेखक सुशील गौतमले आफूलाई आलोचनात्मक बनाउन र विचललनहरुबाट जोगाउन पुस्तक अध्ययनले नै सघाएको चर्चा गरे।
उनले आज यति छिट्टै राजनीतिक सामाजिक क्षेत्रमा विचलन र संकट आउनुको कारण अध्ययन संस्कृतिमा आएको ह्रास जिम्मेवार रहेको पनि बताए।
कार्यक्रममा सम्मानित व्यक्तिहरु रामबहादुर जिसी र गोबिन्द खड्काले अध्ययन सम्बन्धि आ–आफ्ना अनुभवहरु सुनाएका थिए भने विपिन आचार्य, बिनोद केसी, सशांक पोख्रेल, राजनीतिकर्मी गणेश आचार्य र रामबहादुर जिएमले पठन संस्कृति सम्बन्धी आफ्ना अनुभवहरुसहित सम्मानित व्यक्तिहरुलाई बधाई मन्तव्य राखेका थिए।
मेधावी कन्सर्न घोराहीका सञ्चालक, प्रकाशक तथा साहित्यकार सूर्य विसीले सहजीकरण गरेको कार्यक्रम अध्ययन समूहका प्रमोद धितालको अध्यक्षतामा सम्पन्न भएको थियो।
Shares

प्रतिक्रिया