सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कर्मचारीलाई दिइने भत्ता खारेज गरिदिएको छ। सरकारले सबै प्रकारका भत्ता, अतिरिक्त समय भत्ता र प्रोत्साहन भत्ता लगायत खारेज गरेको हो।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणका क्रममा सरकारी र सार्वजनिक संस्थानका कर्मचारीलाई दिइने प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज गरिएको बताए।
उनले यो कदम सार्वजनिक खर्च घटाउन चालिएको पनि बताएका छन्। त्यस्तै सरकारले नयाँ सवारी साधन र फर्निचर पनि खरिद नगर्ने घोषणा बजेटमार्फत गरेको छ।
जेठ १५, २०८०, साेमबार
201
Shares
प्रतिक्रिया