सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्य भएको छ।
बुधबार बिहान बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज १ त ९९४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा किशोरको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका–२ का १४ वर्षीय लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको हो। उनी ट्रयाक्टरका सहचालक थिए।
मृतकको शव परीक्षणका लागि सिन्धुली अस्पताल लगिएको छ। दुर्घटनाको कारणबारे खुल्न नसकेको प्रहरीले जनाएको छ।
जेठ १७, २०८०, बुधबार
15
Shares
प्रतिक्रिया