समाज


संगठित भए कर्पाेरेट क्षेत्रमा कार्यरत कानुन व्यवसायी, नेपाल कर्पोरेट लयर्स एसोसिएसन गठन

संगठित भए कर्पाेरेट क्षेत्रमा कार्यरत कानुन व्यवसायी, नेपाल कर्पोरेट लयर्स एसोसिएसन गठन

नेपालखबर
जेठ २२, २०८० सोमबार ११:२, काठमाडौँ

कर्पाेरेट क्षेत्रमा कार्यरत कानुन व्यवसायी संगठित भएका छन्। कर्पोरेट क्षेत्रमा कार्यरत कानुन व्यवसायीको हकहित तथा अधिकार स्थापना गर्ने उद्देश्यसहित नेपाल कर्पोरेट लयर्स एसोसिएसनको तदर्थ समिति गठन गरिएको हो।

अधिवक्ता समबहादुर भट्टको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरिएको हो। एसोसिएनको उपाध्यक्षमा अधिवक्ता विमल सापकोटा र अधिवक्ता भगीरथ दुलाल, सचिवमा अधिवक्ता रामप्रसाद चापागाईं, सहसचिवमा अधिवक्ता टेक प्रसाद कट्टेल र अधिवक्ता मुन्नी श्रेष्ठ, कोषाध्यक्षमा अधिवक्ता चक्रबहादुर थापा चयन भएका छन्। 

त्यस्तै सदस्यहरूमा अधिवक्ता विजया शर्मा, अधिवक्ता चित्रबहादुर कुताल विष्ट, अधिवक्ता भवानी भट्टराई गैरे, अधिवक्ता मीना पहाडी, अधिवक्ता शारदा नेपाल, अधिवक्ता राजकुमार महतो, अधिवक्ता कुन्दनकुमार झा, अधिवक्ता इन्दु कार्कीलगायत कानुन व्यवसायी छन्।

गत शुक्रबार भएको कार्यक्रममा बोल्ने सबैजसो वक्ताले नेपाल बार एसोसिएनसनले संसारमै चलेको च्याम्बर लयर्स प्राक्टिसलाई नजरअन्दाज गरेको र  कर्पोरेट क्षेत्रका वकिलहरूलाई बारको चुनावबाहेक अरू बेला जहिले दोस्रो दर्जाको वकिलका रूपमा हेरेर उपेक्षा गरिएको भन्दै रोष प्रकट गरे। 
कार्यक्रममा नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य बालकृष्ण गैरे, सर्वोच्च अदालत, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालतका बार एकाइका प्रतिनिधिलगायत कानुन व्यवसायीले मन्तव्य राखेका थिए। 

यो संस्थाले कर्पोरेट क्षेत्रमा कार्यरत कानुन व्यवसायीहरूको हक अधिकारको संरक्षण गर्ने र कम्पनी, उद्योग व्यवसायसँग प्रत्यक्ष सम्बन्ध राख्ने उद्योगी व्यवसायी र सम्बन्धित निकायबीच समन्वयकर्ताका रूपमा काम गर्ने उद्देश्यले स्थापना गरिएको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .