समाज


झापामा जेठयता १० जनाको डुबेर मृत्यु

झापामा जेठयता १० जनाको डुबेर मृत्यु

रासस
साउन ९, २०८० मंगलबार ९:३८, झापा

गत जेठ १ गतेदेखि हालसम्म झापाका विभिन्न नदी, खोला तथा जलासयमा डुबेर र मृतावस्थामा १० जनाको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार ती मध्ये चार जनाको पौडी खेल्ने क्रममै डुबेर मृत्यु भएको हो। उनीहरू १३ वर्षदेखि २१ वर्ष उमेर समूहका थिए।

त्यस्तै जमेको खाल्डोमा डुबेर, खोलाले बगाएर र खेल्ने क्रममा चिप्लिएर एक–एक जनाको मृत्यु भएको छ भने तीन जनाको शव नदी, खोला र नहरमा डुबेको अवस्थामा फेला परेको जानकारी उनले दिए। मृत्यु भएकामध्ये एक महिला, आठ पुरुष छन् भने एक जनाको शव सडेको अवस्थामा फेला परेकाले पहिचान हुन बाँकी छ।

दोमुखा ड्याम १८ वर्षीय सलिन गुरागाईँ, स्थित किस्ने खोलामा १३ वर्षीय एञ्जल ताजपुरिया र लेरा खोलामा १४ वर्षीय सागर पराजुलीको पौडी खेल्ने क्रममा मृत्यु भएको हो। यस्तै इलामको सतासी झर्नाको दहमा साथीसँँग घुम्न गएका झापा कमल गाउँपालिका–५ पाडाजुँगीका २१ वर्षीय निश्चल भण्डारी पौडी खेल्ने क्रममा माथिबाट ‘डाइभ’ हान्दा पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घरबाट गाईवस्तु चराउन गएकी शिवसताक्षी नगरपालिका–१० की २६ वर्षीया कमला राई सोही स्थानको कनकाई सिँचाइ नहर शाखा नहरको पानीमा घोप्टो परेको अवस्थामा मृत फेला परेकी थिइन्। गौरादह नगरपालिका–६ टगुवास्थित रतुवा खोलाको बगरमा सोही स्थानका ६५ वर्षीय भागवत शर्मा घोप्टो परेको मृतावस्थामा फेला परेका थिए।

यस्तै भद्रपुर नगरपालिका–९ शान्ति चोकका ७५ वर्षीय जीवन थापामगर भद्रपुर–८ स्थित मेची क्याम्पसको पूर्वपट्टि जमेको नालीको पानीमा मृतावस्थामा फेला परेका थिए। बिर्तामोड नगरपालिका–६ का १९ वर्षीय अनिल मैनाली सोही स्थानको देउनिया खोला क्षेत्रमा च्याउ टिप्न गएको बेला खोला तर्ने क्रममा चप्पल बगाएकाले चप्पल टिप्ने जाँदा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ।

झापा गाउँपालिका–४ ग्रामथानस्थित नेपाल–भारतको दशगजा सिमाना क्षेत्रमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर झापा– का सात वर्षीय बालक डेनिस गणेशको खेल्ने क्रममा चिप्लेर डुबेर घाइते भएकामा उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएकामा अस्पताल पुर्याउना साथ सोही अस्पतालका डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

यसैबीच बाह्रदशी गाउँपालिका–१ नयाँ बस्तीस्थित अदुवा खोलामा खोलाले बगाएर ल्याएको साडी बेरिएको अवस्थामा तत्काल नामथर वतन नखुलेको र पहिचान गर्न नसकिने गरी सडेगलेको अवस्थामा शव फेला परेकाले कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जानकारी रिजालले दिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad