समाज


एभरेष्ट बैंकको सहयोगमा पशुपतिमा फेरि सञ्चालन हुँदै दाउराबाट शव जलाउने मेसिन (फोटो/भिडिओ)

पशुपतिमा फेरि सञ्चालन हुँदै उड्यम क्राइमेटिरीएम शवदाह गृह

सरोज नेपाल
साउन २७ , काठमाडौँ

पशुपतिमा स्थापना गरिएको वातावरण मैत्री (दाउराबाट शव जलाउने मेसिन) शवदाह गृह पुनः सञ्चालनमा आउने भएको छ।

पछिल्लो केही समयदेखि बिग्रिएर बन्द रहेको उड्यम क्राइमेटिरीएम शवदाह गृहको पुनर्निर्माण भएसँगै सञ्चालनमा ल्याइन लागिएको हो।

एभरेष्ट बैंकले २०७७ सालमा स्थापना गरी पशुपति विकास कोषलाई हस्तान्तरण गरेको उक्त शवदाह गृहको तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अनावरण गरेका गरेका थिए।

सञ्चालनमा आएको केही वर्षपछि बिग्रिएर ठप्प बनेको उक्त शवदाह गृह एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत कोषको सहयोगमा पुनर्निर्माण गरेसँगै सञ्चालनमा आउन लागेको हो।

कोभिड समयमा एभरेष्ट बैंकले निर्माण गरेको शवदाह गृहमा हजारौंको दाहसंकार भएको काठमाडौं महानगरपालिका वडा नं ८ का पूर्वअध्यक्ष तथा पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य नरोत्तम वैद्यले बताए।

उनका अनुसार त्यो बेलामा शव व्यवस्थानमा धेरै अफ्ठयारो हुँदा एकै पटक धेरै शव एउटै ठाउँमा राखेर जलाउँदा शवदाह गृह बिग्रिएका हो।

‘अहिले पुनः एभरेष्ट बैंकले सीएसआर अन्तर्गत १४ लाख खर्च गरी शवदाह गृह मेसिन बनाएको छ’, उनले भने, ‘केही समयदेखि बिग्रिएको मेसिन बनेसँगै अब पुनः शवदाह गृह मेसिन सञ्चालनमा आउनेछ।’

पशुपति विकास कोषको धेरै पहिलेको पहल पश्चात इलोक्ट्रिक मेटोरिएम आएको उनले सुनाए।

‘त्यो बेलामा परम्परागत रुपमा चलिआएको खुल्ला दाउरामा शवदाह ब्रेक गर्न गाह्रो थियो’, उनले भने, ‘साधारण भन्दा इलोक्ट्रिक मेटोरिएम मार्फत शवदाह गर्दा खर्च समेत कम लाग्ने र छिटो हुने हुँदा मानिसहरु इलोक्ट्रिक मेटोरिएमतर्फ ट्रान्सफर हुँदै गएका छन्।’

परम्परागत रुपमा दाहासंस्कार गराउनेको हकमा एभरेष्ट बैंकले निर्माण गरेको आधुनिक तथा वातावरण मैत्री शवदाह गृह विकल्पका रुपमा प्रयोग गर्न मिल्ने उनको भनाई छ।

शवदाह गृहले वातावरण प्रदूषण समेत कम हुने वैद्यले बताए। उनका अनुसार एभरेष्ट बैंकले सीएसआर अन्तर्गत रहेर शवदाह गृह निर्माणलाई प्राथमिकता दिँदै गइरहेको छ।

योजना आयोगका पूर्व सदस्य तथा एभरेष्ट बैंकका सिएसआर कमिटी सदस्य डा. गणेश गुरुङले संस्कारमा आधारित भएर आफ्नो चित्त बुझ्ने च्वाइस अनुसार दाहासंकार गर्ने विकल्प रहेको बताए।

उनका अनुसार हिन्दुस्तानमा चलिरहेको यो प्रविधि एभरेष्ट बैंकले ठूलो खर्च गरेर नेपालको तीन ठाउँमा निर्माण गरेको हो।

पशुपतिमा स्थापना गरिएको आधुनिक मेसिनको प्रयोगबाट शव जलाउँदा दाउरावाटै शव चलाउने हाम्रो हिन्दु संस्कार पनि जीवित रहने, वातावरणमैत्री, काठको खपत पनि विगतमा जस्तै दाउराबाट जलाउँदा भन्दा धेरै कमी आउने र एउटा शव जलाउने कार्य बढीमा डेढ घण्टामा सम्पन्न हुने उनले बताए।

सुरुमा विद्युतीय शवदाह गृह निर्माण गर्ने बेलामा समेत विरोध भएको उनले स्मरण गरे।

‘बिजुलीको शवदाह गृह बन्ने बेलामा म योजना आयोगको सदस्य थिएँ। त्यो बेलामा मेरो पहल कदमिमा यसको स्थापना भएको हो’, उनले भने, ‘त्यो बेलामा ठूलो विवाद समेत भएको थियो। यो राख्न हुन्न भन्नेको ठूलो जमात थियो। त्यो जमातसँग बहस समेत गरेको थिएँ।’

अहिले पशुपतिमा विजुलीबाट शव जलाउने र खुल्ला ठाउँमा दाउराबाट जलाउनेसँगै अब मेसिनको माध्यमबाट दाउराबाट जलाउन मिल्ने विकल्प थपिएको उनले बताए।

‘बिजुलीको प्रयोग गर्नेले बिजुलीको प्रयोग गर्छन्, धार्मिक परम्परा अनुसार काठबाट जलाउँछु भन्ने पनि छन्’, उनले भने, ‘बिजुलीको प्रयोग नगरी काठको प्रयोगबाट दाहसंस्कार गर्छु भन्ने मानिसहरुलाई मध्येनजर गर्दै एभरेष्ट बैंकले ठूलो खर्च गरेर नेपालको तीन ठाउँमा शवदाह गृह निर्माण गरेको छ।’

‘साथै, साधारण तरिकाले भन्दा वातावरणमैत्री शवदाह गर्दा ३/४ गुणा दाउरा कम लाग्छ। साथै, वातावरण समेत प्रदूषण हुँदैन’, उनले भने।

एभरेष्ट बैंकले २०७७ सालमा हस्तान्तरण गरेको वातावरणमैत्री काठबाट शव जलाउने (उड्यम क्राइमेटिरीएम) शवदाह गृह बिग्रिको हुँदा पुनः निर्माण गरेको बैंकका मार्केटिङ र संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती बताए।

हाल बैंकले देशभरीका तीन ठाँउमा वातावरण मैत्री (दाउराबाट जलाउने) शवदाह गृह निर्माण गरिसकेको छ । हाल पशुपति क्षेत्र, भैरवहा र पोखरामा वातावरण मैत्री शवदाह गृह निर्माण गरिसकेको छ ।

त्यसैगरी ललितपुरको कुमारीपाटीमा शवदाह गृह निर्माणको काम भइरहेको छ ।  

आधुनिक मेसिनको प्रयोगबाट शव जलाउँदा दाउरावाटै शव चलाउने हाम्रो हिन्दु संस्कार पनि जीवित रहने, वातावरणमैत्री, काठको खपत पनि विगतमा जस्तै दाउराबाट जलाउँदा भन्दा धेरै कमी आउने र एउटा शव जलाउने कार्य बढीमा डेढ घण्टामा सम्पन्न हुने उप्रेतीले बताए।

यस्तो छ वातावरण मैत्री शवदाह गृह
शवदाह गृहमा एउटा चेम्बर र टुईवटा ट्रली छन्। एउटा ट्रलीमा एउटा शव जलाउन मिल्छ। ट्रली मुनी दाउरा राखिन्छ। एकै पटक दुई शव जलाउन नमिल्ने वैद्य बताउँछन्।

एउटा ट्रलीमा शव जलिरहेको बेलामा अर्को ट्रलीमा अर्को शव तयारी गर्न सकिने उनको भनाई छ। दाउराको प्रयोग गरी मेसिनबाट शव जलाउने हुँदा खुल्ला जस्तो प्रदूषण हुँदैन।

उनका अनुसार १०० केजी काठले शवदाह गर्न मिल्छ। साथै, यसमा हिन्दु परम्परा अनुसार कर्म गर्न मिल्छ।

मेशिनमा चिम्नीसमेत जोडिएको छ। त्यसमा एउटा हिट सिङ पनि छ। बलेको आगोले हिट सिङमा रिफ्लेक्ट गर्छ। र, तल प्वालबाट अक्सिजन तानेर १ घण्टाभित्रै एउटा शव क्रिमेट गर्छ।

यो टेक्नोलोजी भारतमा देखेर नेपालमा ल्याइएको हो।

तस्बिर/भिडिओ : सरोज नेपाल

साउन २७, २०८० शनिबार २०:५५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .