जुम्लामा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन्।
पातारासी गाउँपालिका- ५ माथीलोर्पा निवासी ३५ वर्षीया पन्नीकली बुढा बाढीमा बेपत्ता भएकी हुन्।
सोमबार स्थानीय घट्टेखोला तर्ने क्रममा उनलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
घट्टमा मकै पिस्न गएको बेला उनलाई बाढीले बगाएको आफन्तले बनाएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
18
Shares

प्रतिक्रिया